वर्षाका कारण चिप्लो बनेपछि बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको दाउन्ने खण्ड अवरुद्ध भएको छ। घिउखोला र विश्वकर्मा मन्दिर आसपास सवारी फस्दा जाम बढेको छ। उकालोमा गाडी चिप्लिएर चल्न नसक्दा समस्या भएको प्रहरीले जनाएको छ। सडक मर्मत प्रयास जारी छ भने राति ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ।

