नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्को अभिन्न अंगजस्तो अनुभूति नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री संसद्को अंग हो कि होइन भन्दै प्रश्न उठाए । विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री संसद्मा अनुपस्थित भएकोमा उनले आपत्ति जनाए ।

