धार्मिक–सामाजिक विवाद बढ्दै गएपछि पर्सा प्रशासनले वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू लागू गरेको छ। मुख्य र संवेदनशील क्षेत्रमा सभा, जुलुस र भेला पूर्णरूपमा निषेध गरिएको छ। कर्फ्यू उल्लंघन भए सुरक्षाकर्मीलाई गोली हान्न आदेश दिइएको छ।


