रास्वपा, नागरिक उन्मुक्ति पार्टी र थरुहट/थारुवान अभियन्ताबीच ९ बुँदे बृहत् राजनीतिक समायोजनमा सहमति भएको छ। जेनजी आन्दोलनको अपनत्व, मध्यम आय राष्ट्रको मार्गचित्र, थारु संरक्षित क्षेत्र, आरक्षण व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र पालनामा प्रतिबद्धता उल्लेख गरिएको छ। पार्टी नाम, झण्डा र चुनाव चिह्न कायम रहने सहमति पनि भएको छ।


