नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजे भृकुटीमण्डपमा सुरु हुने भएको छ। उद्घाटन सत्र जारी रहँदा ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। विधानअनुसार आह्वान गरिएको दुईदिने विशेष महाधिवेशन गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको हो।


