सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यसबाट निवेदन प्रक्रिया सरल, सहज र नागरिकमैत्री हुने तथा आवेदनलाई क्रमशः डिजिटल माध्यममा लैजान सहज हुने अपेक्षा गरिएको छ।

