राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी नदीमा फेरि बाढी आउन सक्ने जोखिम कायमै रहेको जनाएको छ। चिनियाँ अधिकारीहरूबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशुली नदी आसपासका क्षेत्रमा खतरा कायम छ। प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्म नदी किनारबाट टाढा सुरक्षित स्थानमा रहन स्थानीयवासी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

