नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म समानान्तर १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। बैठकले महाधिवेशन तयारीका लागि विभिन्न समिति गठनको जिम्मेवारी डा. शाशंक कोइरालालाई दिएको छ भने ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ।


