सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको बताए। राजस्व १४ खर्ब ४ अर्ब रहने अनुमान गरिएको छ। साथै, अनुदान ६१ अर्ब ७४ करोड, वैदेशिक ऋण २ खर्ब ४७ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब रहनेछ। चालु खर्च १२ खर्ब ७० अर्ब विनियोजन गरिएको छ।

