सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मूल्यवृद्धिदर ६ प्रतिशतभन्दा तल राख्ने लक्ष्य पनि सार्वजनिक गरे। चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ। सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याएको छ, जसमा चालु खर्च १२ खर्ब ७० अर्ब, पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ।

