नेपाली कांग्रेसको संस्थापनइतर समूहले आजदेखि सुरु हुने बैठकका लागि तीन एजेन्डा तय गरेको छ। धुम्बाराहीस्थित होटल स्मार्टमा हुने बैठकमा निर्वाचन परिणाम समीक्षा, १५ औं महाधिवेशनको कार्यतालिका र तयारीबारे छलफल हुनेछ। गुरु बरालका अनुसार दुई दिने बैठकमा पार्टीको आगामी रणनीति र सम्भावनाबारे पनि विचार गरिनेछ। साथै जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरिएको छ।
