नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। नेपालमा पोर्चुगलको दूतावास नभएकाले नेपालीहरूले भिसाका लागि नयाँदिल्लीस्थित पोर्चुगलको दूतावास पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो। काठमाडौंमा काउन्सिलर कार्यालय खुलेपछि अध्ययन तथा वैदेशिक रोजगारीका लागि पोर्चुगल जाने नेपालीलाई भिसा प्रक्रियामा सहजता हुने अपेक्षा गरिएको छ।


