सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। सन् २०२४ मा शासन ढलेपछि असद परिवारसहित मस्को पुगेका थिए। यसै मुद्दामा उनका नातेदार तथा दारा प्रान्तका पूर्वराजनीतिक सुरक्षा प्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाइएको छ। नजीबलाई बालबालिकाको हत्या तथा यातनासहितका अपराधमा दोषी ठहर गरिएको हो।


