नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई म्याद थप प्रक्रियाका लागि विशेष अदालत लगिएको छ। सोमबार सुर्खेतमा पक्राउ परेका उनलाई मंगलबार काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा राखिएको थियो। विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको छ। पक्राउअघि भैँसेपाटीस्थित उनको निवासमा समेत छापा मारिएको थियो।


