लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा ३–० को जितसहित उत्कृष्ट सुरुवात गरेको छ। अल्जेरियाविरुद्ध मेस्सीले १७, ६० र ७६औं मिनेटमा गोल गरे। यससँगै उनले विश्वकपमा १६ गोल गर्दै मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरे र विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी पनि बने।


