चालु आर्थिक वर्षको ११ महिनामा सरकारले १० खर्ब ७९ अर्ब ६३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ७३.०६ प्रतिशत हो। कर राजस्व ७४.०३ प्रतिशत र गैरकर राजस्व ६४.७३ प्रतिशत संकलन भएको छ। अनुदानतर्फ भने लक्ष्यको ४२.८२ प्रतिशत मात्र प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

