नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदाधिकारी सहभागी थिए ।


