Browsing: राजनीति

सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् ।

दाहाल दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको सचिवालयले जनाएको छ।

त्रिपक्षीय सहमतिअनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै रहनेछन्। प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेछन् भने कुलमान घिसिङ रास्वापाकाे वरिष्ठ उपसभापति बन्ने छन्।

केन्द्रीय समितिले सुरुमा पुसमा १५औँ महाधिवेशन गर्ने गरी म्याद माघसम्म बढाएकोमा अहिले कार्यतालिका संशोधन गर्दै वैशाख २८–३१ मा महाधिवेशन गर्ने गरी म्याद जेठ मसान्तसम्म थपेको हो ।

जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग लगायत सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै मुलुकलाई तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने अवस्थामा पुर्‍याउन योगदान गरेको बताइन्।

राष्ट्रिय सभाको बैठक वैकल्पिक रुपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने व्यवस्था गरिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तलाई थुनामा पठाउने आदेश दिएको हो ।

यस पटक राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना सदस्य चयन गरिनेछ।

बुधबार राष्ट्रिय सभा गृहमा अयाोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमा हल्ला फैलाउनेहरूलाई मुक्तिदाताजस्तै चित्रण गरेर नागरिकलाई भ्रममा पार्ने प्रयास भइरहेको भए पनि वास्तविक अवस्था त्यस्तो नभएको दाहालले बताए।