Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: राजनीति
समानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने दलहरूमध्ये १८ वटाले आआफ्नै चुनाव चिह्नमा चुनाव लड्ने गरी ११० सिटमै उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापनाको समर्थन गर्दै एमाले अध्यक्ष ओलीले संवैधानिक जटिलता समाधान गर्न सर्वोच्च अदालतले शीघ्र फैसला दिनुपर्ने आवश्यकता औंल्याए।
एमालेलाई सिंहसँग तुलना गर्दै ओलीले कुखुरा, बाख्रा र स्यालजस्ता शक्तिले मोर्चा बनाएर आफ्नो पार्टीलाई पराजित गर्न नसकिने तर्क प्रस्तुत गरे।
आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको प्रयास भएपनि उज्यालो नेपाल पार्टीले छुट्टै सूची बुझायो।
पूर्व गृहमन्त्री लेखकले पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गरेका छन् ।
संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख छ।
सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ।
निर्वाचन कार्यतालिका अनुसार आज र भोलि (पुस १३ र १४) राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारहरूको बन्दसूची पेस गर्नुपर्नेछ।
आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका सबै न्यायाधीशको बृहतपूर्ण इजलास बस्न लागेको हो।
आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गर्ने र विद्युतीय माध्यम प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
सहमतिअनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, सभापति रवि लामिछाने हुने र आगामी निर्वाचनमा बालेन प्रधानमन्त्रीका उम्मेदवार बन्ने समझदारी भएको छ।
सर्वोच्च अदालतले भदौ २३–२४ का घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर रिट अस्वीकृत गरेको छ।
रास्वपाका एक नेताका अनुसार मेयर बालेन शाहलाई सहसभापति तथा प्रधानमन्त्रीको प्रस्तावसहित केन्द्रीय समितिमा उनको पक्षलाई पनि समेट्ने विषयमा छलफल भइरहेको छ।
रवि र बालेनबीचको संवाद बिग्रिन सक्ने संकेत देखिएपछि सहकर्मीहरूले दुवै नेतालाई तत्काल सहमतिमा पुग्न दबाब दिएका थिए ।
नेतृत्व परिवर्तन नगरी चुनावमा जाने कुनै औचित्य नभएको महामन्त्री थापाको तर्क छ।
राजनीतिक दल र जेनजीका समूहहरूले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको प्रधानमन्त्री कार्कीले बताइन्।
मेयर बालेन शाहले निरन्तर राजनीतिक संवादलाई तीव्र बनाउँदै आज रास्वपा सभापति रवि लामिछाने, अन्य दलका नेता तथा निवर्तमान सांसदसँग छलफल गर्नुका साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका छन्।
शर्माले पार्टीको महामन्त्रीको जिम्मेवारीमा केन्द्रित रहँदै अन्य साथीहरूलाई अवसर दिन यस्तो निर्णय लिएको स्पष्ट पारे।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् ।
