नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित नम्बर तथा ह्वाट्स एपलगायत एपमार्फत आउने फिसिङ लिंकयुक्त सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरण चोरी, वित्तीय ठगी र साइबर अपराधको जोखिम बढ्ने चेतावनी दिँदै प्राधिकरणले शंकास्पद सन्देशको सत्यता नजाँची प्रयोग नगर्न र सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।


