बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको समर्थनमा उनले बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। थापाले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

