नेकपा संयोजक पुष्पकमल दाहालले नेपाल राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि दबाब बढेको बताएका छन्। उनले सामाजिक सञ्जालको प्रभावलाई चीनको अफिम युद्धसँग तुलना गर्दै युवालाई ‘सोसल मिडियाको अफिम’बाट मुक्त गर्नुपर्ने बताए। वामपन्थी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राष्ट्र र परिवर्तनका लागि सचेत युवाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।


