सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। घटनापछि प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

