सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरेपछि नेपाली सेना परिचालन गरिएको छ। बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना परिचालनपछि अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ। घटनामा पाँच पसलमा आगजनी तथा तोडफोड भएको छ भने अघिल्लो रातको झडपमा एक जनाको मृत्यु र २२ जना घाइते भएका थिए।

