सरकारले २०८२ साल भदौ २३–२४ को प्रदर्शनमा भएको क्षतिको छानबिनका लागि गठित आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। यसअघि सरकारका प्रवक्ता जगदीश खरेलले प्रतिनिधि सभा चुनाव लड्न राजीनामा दिएका थिए।

