नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। चुनाव स्थगित गराउने प्रयास भइरहेको दाबी गर्दै उनले एमाले कुनै अलमल बिना जितको तयारीमा जुटेको उल्लेख गरे। अन्तिम समयमा आएर निर्वाचन नहुने चर्चा गलत भएको भन्दै उनले आधारहीन दलले वातावरण बिथोल्न खोजेको आरोप लगाए।

