राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ। धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

