गृहमन्त्री सुधन गुरुङले सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटना, त्यसपछिको विभिन्न जिल्लाको सुरक्षा अवस्था र अपनाइएका सुरक्षा रणनीतिबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिफिङ गरेका छन्। साउन १० गतेको घटनापछि तीन जनाको मृत्यु भएको थियो भने सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा थप एक जनाको ज्यान गएको थियो।

