पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की गुण्डु पुगेकी छन्। उनी आफ्ना पति दुर्गा सुवेदीसहित ओलीलाई भेट्न पुगेकी हुन्। ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। भेटका क्रममा प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छन्।


