नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन्। डा. शशांक कोइराला नेतृत्वको समितिले भेलाको तयारी पूरा गरेको जनाएको छ। सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा साउन २९ गते दिउँसो १ बजे उद्घाटन हुने भेलाको दोस्रो दिन बन्दसत्र सञ्चालन गरिनेछ।

