नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। बीपी स्मृति दिवसको भिडियो सन्देशमा उनले शान्तिपूर्ण आन्दोलनमाथिको दमन, हिंसा भड्काउने घुसपैठ तथा सार्वजनिक संरचनामा भएको तोडफोडबारे अनुसन्धान आवश्यक रहेको बताए। भदौ २३ को अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

