प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश जस्तो बन्न नदिने स्पष्ट पारेकी छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र जेनजी समूहको लगातार गाली र दबाबबीच पनि सरकारले धैर्यपूर्वक मेहनत गर्दै काम गरिरहेको बताइन्। सरकारले चुनौतीपूर्ण परिस्थितिमा सुशासन कायम राख्दै आगामी निर्वाचनको तयारी गरिरहेको उनको भनाइ थियो।

