सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री र सांसदहरूको कार्यशैली तथा संसद्मा प्रस्तुत हुने व्यवहारबारे आन्तरिक छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा बैठक बसेको हो। बैठकमा लामिछानेले सांसद तथा मन्त्रीहरूले संसद्मा प्रयोग गर्ने भाषा र व्यवहारप्रति विशेष चासो व्यक्त गरेका छन्। पछिल्लो समय प्रश्नोत्तरका क्रममा चेतावनीपूर्ण जवाफ र अमर्यादित व्यवहारको आलोचना भएपछि छलफल गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

