नेपाली कांग्रेसले निर्वाचनपछि संविधान संशोधन गरेर समयानुकूल बनाउने तयारी गरेको छ। ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ को २८ औँ बुँदामा संसदमार्फत आवश्यक संशोधन गरी संविधान बलियो बनाइने उल्लेख छ। निर्देशिकामा राष्ट्रिय झण्डाको सम्मान, चुनावी प्रतिस्पर्धा विचार र व्यक्तित्वको महायज्ञका रूपमा सञ्चालन गर्ने र कुनै दल वा उम्मेदवारलाई दुश्मन नठान्ने पनि उल्लेख छ।


