बुधबार नेप्से ४.७९ अंकले बढेर २६६७ विन्दुमा पुगेको छ। ४ अर्ब ४० करोड रुपैयाँको कारोबारमा हाइड्रोपावर समूहको १.४५ प्रतिशत वृद्धिले बजारलाई टेवा दियो। सोलु हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्दा एभरेस्ट कलर ९.०३ प्रतिशतले घट्यो। कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।


