राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकारसम्बन्धी निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। बैठकले पार्टीको निर्देशनबिना प्रदेश सरकारमा सहभागी नहुन सांसद र संसदीय दललाई निर्देशन दिएको छ। राप्रपाले हाल प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट गर्दै आवश्यक परे उपयुक्त समयमा निर्णय लिइने जनाएको छ।

