युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। रास्वपाबाट चुनाव लड्ने तयारीका कारण उनले उम्मेदवारी दर्ताअघि मन्त्री पद छोडेका हुन्। उनले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी गराइसकेको बताएका छन्। गुप्ता कात्तिक ९ गते जेनजी प्रतिनिधिका रूपमा सरकारमा मन्त्री बनेका थिए ।

