निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। आइतबार बसेको आयोग बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो। आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता मिति ६ माघ तोकेको छ।

