सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले एआईजी पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो। हाल मानव स्रोत विभाग प्रमुख रहेका उनी १८ वैशाखपछि कमाण्ड सम्हाल्नेछन्। वर्तमान आईजीपी राजु अर्याल अवकाशमा जाँदैछन्। वरिष्ठताका आधारमा उनी प्रतिस्पर्धी वंशी दाहाल र गणेश ठाडा मगरभन्दा अघि परेका हुन्।


