नेपाल दूरसञ्चार प्राधिकरणले अवैध अनलाइन सट्टेबाजी नियन्त्रण गर्दै सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ। इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी कारबाही गरिएको हो। पछिल्लो एक सातामा ५० भन्दा बढी गुनासा आएपछि कदम चालिएको हो। कानुनअनुसार सट्टेबाजी गर्न नपाइने र उल्लङ्घनमा जरिवाना तथा कैद सजाय हुने व्यवस्था छ।

