प्रतिनिधिसभाको आइतबारको बैठकले डोलप्रसाद (डीपी) अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। एकल उम्मेदवारी परेपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरेका हुन्। सत्तापक्षको बहुमतका कारण प्रतिपक्षीले उम्मेदवारी दिएनन्। उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् । अब उपसभामुख चयन प्रक्रिया अघि बढ्नेछ। नियमअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगका हुनुपर्ने व्यवस्था छ।

