दलहरूबीच सहमति जुटेपछि नेकपा एमालेकी लिला भण्डारी राष्ट्रिय सभा उपाध्यक्षमा सर्वसम्मत चयन हुने भएकी छन्। उनी मनोनयन दर्ता गर्ने तयारीमा छिन्। सहमतिअनुसार अन्य दलहरूले समिति सभापति लिने भएका छन्। एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सहमतिको आधारमा भण्डारीलाई अघि सारिएको जानकारी दिएका छन्।
#छोटोखबर #लिलाभण्डारी #राष्ट्रियसभा #एमाले #नेपाल #राजनीति #सहमति #संसद

