सत्तारुढ रास्वपाले प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र प्रतिनिधिसभामा उपस्थित हुने जनाएको छ। मंगलबारको बैठकमा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री चाँडै सदनमा आउने जानकारी गराएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध गरिरहेका छन्। एमाले उपनेता पद्मा अर्यालले उक्त प्रतिबद्धतालाई सभामुखमार्फत रुलिङ गर्न माग गरेकी छन्।

