नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। टोलीले प्रधानमन्त्री बालेन शाहसहित विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेको थियो। शिक्षा, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा विशेष जोड दिँदै युरोपमा नेपाली विद्यार्थी र कामदारको आकर्षण बढ्दो रहेको पनि प्रतिनिधिमण्डलले उल्लेख गरेको छ।

