सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ। रिट र विचाराधीन मुद्दाबीच सम्बन्ध देखिएकाले तथ्य तथा प्रमाण अध्ययनपछि थप सुनुवाइ अघि बढाइने अदालतले जनाएको छ।


