धनगढीमा सत्याग्रहरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ। सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य सचिव र शिक्षा सचिव सहभागी छन् भने डा. केसीको टोलीबाट दुई प्रतिनिधि वार्तामा छन्। गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीको राजीनामा, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा वृद्धि लगायतका मागमा सहमति खोज्ने प्रयास भइरहेको छ।

