नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको प्रष्टीकरण अस्वीकार्य भएको बताएको छ। संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधिसभामा बोल्दै उक्त विवादको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने बताए। उनले प्रधानमन्त्रीकै अभिव्यक्तिका कारण सदनमा संकट उत्पन्न भएको भन्दै समस्या समाधान नभएसम्म संघर्ष जारी रहने चेतावनी दिए।


