प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन ठूला दलका शीर्ष नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसँग पहिलोपटक छलफलमा सहभागी हुने भएकी छिन्। जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले यसअघि शीर्ष नेतासँग भेट नगरेको भन्दै आलोचना हुँदै आएको थियो।

