जेनजी आन्दोलनका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार पत्र पठाइएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नपठाइएको जनाइएको छ।

