रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको राजनीति नदोहोरिने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विगतका सरकारले प्रतिपक्षीमाथि अन्याय गरेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा त्यस्तो नहुने स्पष्ट पारे। प्रश्न उठाउँदै संसदमा आएको रास्वपाले अब जवाफदेहितासहित काम गर्ने र प्रतिपक्षीबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए।


